आज थप २१३ जनामा संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ३४४८ पुग्यो

admin

काठमाडौं, २५ जेठ : आइतबार थप दुई सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म देशभर कुल संक्रमितको संख्या ३४४८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आइतबार थपिएकामा दुई सय नौ जना पुरुष रहेका छन् भने चार जना महिला छन् । पछिल्लो २४ घण्टामा एक सय दुई जना संक्रमित डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । 

योसँगै कुल डिस्चार्ज हुनेको संख्या चार सय ६७ पुगेको छ, जसमा पुरुष तीन सय ९९ जना रहेका छन् भने ६८ जना महिला रहेका छन् । नेपालमा संक्रमणको कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।

प्रतिक्रिया