सीमा विवादः नेपालले ताकेता गरे पनि भारतले देखाएन चासो

admin

काठमाडौं, २६ जेठ : नेपाल र भारतबीच सीमाको विषयलाई लिएर औपचारिक संवाद हुन सकेको छैन । नेपालको कूटनीतिक रुपमा ताकेता गरे पनि भारतले चासो देखाएको छैन । औपचारिक तहमा दुई पक्षीय वार्ताको तिथि तोक्न पहिले अनौपचारिक संवाद आवश्यक रहने परराष्ट्र अधिकारीको दाबी छ ।

यो संवादहीनताको अवस्था लामो समय रहे दुई पक्षीय सम्बन्ध थप जटिलतातर्फ जाने ती अधिकारीले बताए ।

भारतले नेपाली भूभाग हुँदै तिब्बतको मानसरोबर जोड्ने सडक एकतर्फी रुपमा निर्माण गरेपछि नेपालले जेठ ७ मा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गर्यो ।

प्रतिक्रिया