चर्चित कन्नड अभिनेता चिरञ्जिवीको निधन

admin

काठमाडौं, २६ जेठ : कन्नड फिल्मका चर्चित अभिनेता चिरञ्जिवी सरजाको आइतबार दिउँसो हृदयघातका कारण बेंगलुरुको एक नीजि अस्पतालमा निधन भएको छ । उनी ३९ वर्षका थिए । खबरका अनुसार उनको कोभिड–१९ परीक्षण पनि गरिएको छ जसको रिपोर्ट हाल प्राप्त भएको छैन ।

भारतीय सञ्चार माध्यमका अनुसार दिउँसो करिब १ बजे उनी फोनमा आफ्ना पितासँग कुरा गरिरहेका थिए, त्यति नै बेला उनलाई पसिना आउन थाल्यो र उनी अचानक ढले ।

उनलाई तत्काल अस्पताल पुर्याइयो जहाँ उनलाई मृत घोषित गरियो । उनको अन्तिम संस्कार सोमबार गरिने कार्यक्रम छ ।

प्रतिक्रिया