श्रीमतीद्वार श्रीमानको ह’त्या

राष्ट्रिय समाचार समिति

सल्यान, २६ जेठ : सल्यानमा एक महिलाले आफ्नै श्रीमान्को ह’त्या गरेकी छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–६ भुम्केज्युलाकी ३६ वर्षीया ती महिलाले ३८ वर्षीय श्रीमान् डिल्लीबहादुर घर्तीको ह’त्या गरेको जिल्ला प्र’हरी कार्यालय सल्यानले जनाएको छ ।

आइतबार राति ८ः३० बजेतिर आफ्नै घरमा काठ चिर्ने फलामको प्रहारबाट गम्भीर घा’इते भएका घर्तीको सल्यान अस्पतालमा उपचारका क्रममा मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय सल्यानका प्रह’री नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

ह’त्या आरोपमा श्रीमतीलाई इलाका प्र’हरी कार्यालय लुहाममा राखिएको खतिवडाको भनाइ छ । घ’टना बारेमा थप अनुसन्धान भइरहेको र मृ’तक घर्तीको श’व परीक्षणपछि घ’टनाको थप विवरण आउने प्र’हरीले जनाएको छ ।

प्रतिक्रिया