अर्घाखाँचीमा आज ३१ जनामा संक्रमण पुष्टि

admin

अर्घाखाँची, २६ जेठ : अर्घाखाँचीमा सोमबार मात्रै ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतबाट गृह जिल्ला आएर स्थानीय सरकारले बनाएका क्वारेन्टिनमा बसेकाको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिए ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा कोरोना देखिएका उनीहरु कुन ठाउँको क्वारेन्टिनमा बसेका हुन् भन्नेबारे खोजी भइरहेको जिल्ला निरीक्षक पौडेलले बताए ।

यसअघि जिल्लाको शितगंगा नगरपालिकाको ठाडाको ज्योति माविको क्वरेन्टीनमा बसेका ३६ वर्षीय पुरुष र पाणिनी गाउँपालिकाको वडा नं. ८ पालीको कमला माविमा रहेका दुई जनामा कोरोना देखिएको थियो । उनीहरुको सन्धिखर्कमा रहेको हटारीको आइसोलेसनमा उपचार भइरहेको छ ।

गएको जेठ १० गते भूमिकास्थान नगरपालिका-९ का ३४ वर्षीय पुरुषको घर फर्कने क्रममा बाटोमा मृत्यु भएको थियो र उनको स्वाब प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा संक्रमण पुष्टि थियो ।

सरुमारानीका संक्रमितलाई बेलझुण्डी लैजाने तयारी
प्यूठानको सरुमारानी गाउँपालिका-२ मा हिजो भेटिएका १९ वर्षीय संक्रमित पुरुषलाई सोमबार कोरोना विशेष अस्पताल दाङ बेलझुण्डी लैजाने तयारी गरिएको छ ।

खड्केश्वरी प्राथमिक विद्यालयको क्वारेन्टिनमा बसेका पुरुषमा संक्रमण पुष्टि भएको थियो ।  पालिकामा आइसोलेशन नभएका कारण उनलाई उपचारका लागि बेलझुण्डी लैजान लागिएको स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र रायमाझीले बताए ।

प्रतिक्रिया