कहालीलाग्दो त्यो दुर्घटनालाई जिवनबाट हटाउन चाहन्छौं : रुपा-कृष्ण

admin

काठमाडौं, २६ जेठ : रुपा र कृष्ण ओली विवाह भएको ३ वर्ष पछि अभिभावक बन्न लागेका छन् ।

सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै अभिभावक बन्न लागेको कुरा खुलाएपछि अहिले उनीहरुलाई बधाइ दिनेको ओइरो लागेको छ । विवाह भएको (एकवर्षको) भोलीपल्टै ठूलो दुर्घटनामा परेका कृष्णले हातखुट्टा गुमाएपछि पनि रुपाले दिएको साथ र माया माया गर्ने जोडीका लागि प्रेरणा दिने जोडी बनेको छ ।

अप्ठेरो अवस्थामा पनि कृष्णको साथ नछोडेकी रुपमा अहिले गर्भवती छिन् । उनीहरुको बारेमा भिडियो सार्वजनिक भएपछि देश र विदेशवाट सहयोग गर्नेहरुको ओइरो लागेको थियो । अहिले सबैको सहयोग पाएर कृष्णले कृतिक हात खुट्टा लगाएका छन् । विवाह भएको तीन वर्ष बितेपछि आएको खुसी शेयर गर्दै रुपाले तस्बिर सहित स्टाटस पोष्ट गरेकी थिइन् ।

उनीहरुको तिन वर्षको वैवाहिक जिवनमा नयाँ सदस्यको आगमन हुने नयाँ कुराको जानकारी दिँदै सबै दर्शकसंग खुसी पनि साटेका छन् । उनीहरुले आफूहरुको जिवनमा एक जना नयाँ सदस्य पनि आउन लागेको जानकारी पनि गराउँदै, जिवनमा आएको त्यो निकै कहालीलाग्दो दिन दुर्घटनालाई आफ्नो जिवनवाट हटाउन चाहेको उनीहरुले बताएका छन् ।

सानो भिडियो क्लीप बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गरेका उनीहरुले लकडाउनमा आफूहरुले अपनाएको सावधानीका विषयमा पनि बताएका छन् । उनीहरुले लकडाउनको बेलामा कोरोनाबाट बच्न आफुहरुले पनि सावधानी अपनाएको बताएका छन् । उनीहरुले कोरोनालाई अब सामान्य एउटा भाइरसको रुपमा मात्र लिएको बताउँदै आत्मबल बलियो बनाएर बसेको बताएका छन् ।

कुनै सिर्जनात्मक काम गर्न नपाएको बताएका कृष्णले दुईजना बीचको सम्बन्ध र मायालाई अझ गाडा बढाउने प्रयन्त गरिरहेको जनाएका छन् । कृष्णले आफ्नो खुसी बाँड्दै भने, हिँजो सम्म दुई जना मात्र थियौं अब हाम्रो जिवनमा थप एक जना थपिने जानकारी दिन चाहन्छौं । उनीहरुले आफूहरुले सन्तानका रुपमा जे आए पनि खुसी हुने बताएका छन् ।

कृष्णले भने आफूलाई छोरी मन पर्ने बताएका छन् । कृष्णले मलाई त छोरा भन्दा छोरी मन पर्छ भन्दा रुपमा हाँसेकी थिइन् । उनले आगामी दिनमा पनि आफूहरुलाई सबैको साथ सहयोगको अपेक्षा गरेका छन् । उनले सबैको सहयोगले आफूले खुसी पाएको बताएका छन् ।

प्रतिक्रिया