क्वारेन्टिनबाट फर्केको दुईदिनपछि मण्डलको मृत्यु

admin

जलेश्वर, २६ जेठ : महोत्तरी गौशाला नगरपालिका-१० का ४० वर्षीय डोमी मण्डलको मृत्यु भएको छ ।

यही जेठ ६ गते भारतको हरियाणाबाट स्वदेश फर्किइ क्वारेन्टिनमा बस्दै आएका उनको शनिबार कोरोना परीक्षण रिपोर्ट निगेटिभ आएपछि घर पठाइएको र सोमबार मृत्यु भएको गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वालले मण्डलको मृत्यु कोरोना सङ्क्रमणले नभई कालगतिले भएको बताए ।

प्रतिक्रिया