आज थप ३१४ जनामा संक्रमण पुष्टि

admin

काठमाडौं, २६ जेठ : नेपालमा थप ३१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ३७ सय ६२ पुगेको छ । 

सोमबार २ सय ९४ जना पुरुष र २० जना महिला गरी २ सय १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै सोमबार थप २१ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या ४ सय ८८ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनकाअनुसार स्याङ्जाका एक पुरुषको कोरोनाको कारण ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।

मन्त्रालयको अनुसार सोमबार १ लाख ७० हजार ७ सय ३२ जना क्वरेण्टीनमा र ३ हजार २ सय ६० जनालाई आइसोलेसनमा राखिएको छ । सोमबारसम्ममा १ लाख ९ सय ७१ जनाको पीसीआर र १ लाख ५६ हजार ९ सय ९१ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण गरिएको छ ।

प्रतिक्रिया