अर्घाखाँचीमा कोरोना संक्रमित बोकेको एम्बुलेन्स दु’र्घटना, ७ घाइते

राष्ट्रिय समाचार समिति

अर्घाखाँची, २६ जेठ : चन्द्र प्रभा मावि क्वारेन्टाइनबाट सोमबार पुष्टि भएका ५ जना कोरोना सक्रमित बिरामी बोकेर सन्धिखर्क आउँदै गरेको एम्बुलेन्स दु’र्घटना हुँदा ७ जना घा’इते भएका छन्।

चालक, सहचालकसहित ५ जना कोरोनाका बिरामी बोकेर सन्धिखर्क ल्याउँदै गरेको लु१च ३५३५ नम्बरको एम्बुलेन्स डिहिडाँडाको ओरालो सडकबाट करिब १५ मिटर तल घरमा गएर ठोक्किएकाे जिल्ला सशस्त्र प्र’हरी प्रमुख माधव रेग्मीले जानकारी दिए।

अहिले घटनास्थलतर्फ जिल्ला प्र’हरीको टोली, सशस्त्र प्रहरीको टोली र स्थानीय बासिन्दाले उद्धार गरिरहेका बताइएको छ। ५ जना कोरोना सक्रमितमध्ये एक जना महिलाको ढाडमा चो’ट लागेको बताइएको छ। सडक अत्यन्तै चिप्लो भएका कारण एम्बुलेन्स अनियन्त्रित भई दु’र्घटना भएको प्र’हरीले जनाएको छ।

प्रतिक्रिया