भैंसीफर्ममा काम गर्ने ५ जनाको ह’त्या

admin

बुटवल, जेठ २७: रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा ५ जनाको ह’त्या भएको छ। कान्छीबजारको मैनहवा स्थित भैंसीफर्ममा काम गर्ने ५ जनाको ह’त्या भएको स्थानीय प्रदीप थापाले जानकारी दिए।

स्थानीय कृष्ण पुनको भैंसी फर्ममा काम गर्ने सुर्खेतका झपेन्द्र सिंजालीले सोही फर्ममा काम गर्ने ५ जना अन्य कामदारको ह’त्या गरि फरार भएको थापाले जानकारी दिए।

मृतकहरु को को हुन् भन्ने खुलेको छैन। ‘गोठमा काम गर्ने पाँच जनाको ह’त्या गरी तन्नाले ढाकेर राखिएको अवस्थामा छ, अहिले विहान विभत्स दृश्य देखेपछि मंगलापुर प्र’हरी चौकीलाई खबर गरिएको छ र प्र’हरी घटनास्थलतर्फ आउँदै छ’, थापाले भने।

जिल्ला प्र’हरी कार्यालयका प्रवक्ता प्र’हरी उपरीक्षक खड्ग बहादुर खत्रीले प्र’हरी अहिले घटनास्थल जाँदै गरेको बताएका छन्। ‘विस्तृत घटनास्थल पुगेर भनौंला, पाँचजनाको ह’त्या भएको खबर पाएपछि हामी घ’टनास्थल जादै छौं’ उनले भने।

प्रतिक्रिया