मन्त्रीपरिषदको बैठक बस्दै, लकडाउनबारे निर्णय हुने

admin

काठमाडौं, २७ जेठ : मंगलबार साँझ ६ बजे मन्त्रिपरिषद बठक बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा जारी लकडाउनको मोडालिटी परिवर्तनबारे छलफल हुने बालुवाटार स्रोतले जनाएको छ ।

यसअघिको मन्त्रिपरिषदको बैठकले मोडालिटीबारे मस्यौदा बनाउन उच्चस्तरीय समितिले निर्देशन दिएको थियो । नेपालमा गत चैत ११ गतेदेखि जेठ ३२ गतेसम्मका लागि लडाउन जारी रहेको छ ।

लकडाउनले जनजीवन प्रभावित पारेको भन्दै यसलाई खुकुलो बनाउँदै खुलाउने पर्ने आवाजहरु उठ्न थालेका छन् । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गर्न बोलाइएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ ।

प्रतिनिधि सभामा बजेट पारित गर्नुअघि मन्त्रीहरूले जवाफ दिने क्रम जारी रहेकाले बैठक स्थगित भएको नेकपाले जनाएको छ । नेकपा महासचिव विष्णु पौडेलले संसदको छलफल लम्बिएकाले बैठक सरेको र दुई अध्यक्षले नयाँ मिति तय गर्ने बताए ।

एमसीसीबारे छलफल गर्न बोलाइएको नेकपा बैठक स्थगित
आइतबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफलपछि सचिवालय बैठक बोलाइएको थियो ।

संसदको यसै अधिवेशनमा एमसीसी पारित गर्ने वा नगर्ने भन्ने टुङ‍्गो लगाउन नेकपामाथि दबाब छ । पार्टीभित्र एमसीसी पारित गर्न नहुने पक्ष हाबी छ । पार्टीले गठन गरेको कार्यदलले एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने सुझाव दिएको छ ।

एमसीसीबारे छलफल गरेर पारित गर्ने वा नगर्ने निर्णयमा पुग्न बोलाइएको सचिवालय बैठक समय नमिलेका कारण स्थगित भएको नेताहरूले बताएका छन् । पछिल्लो समय प्रधानमन्त्री तथा अध्यक्ष ओलीले एमसीसी शेरबहादुर देउवा र प्रचण्डले सम्झौता गरेको भन्दै यसलाई पारित गराउन शक्ति लगाउने पक्षमा छैनन् ।

उनले पार्टीले यसबारेमा सहमतिका साथ निर्णय गर्ने बताएका छन् । सचिवालयको अर्को बैठकको मिति तोकिएको छैन । दुई अध्यक्षबीच एउटा समझदारी भएर त्यसलाई पार्टी बैठकका ल्याउन कतिपय नेताले सुझाव दिएका छन् ।

प्रतिक्रिया