थप ३२३ जनामा संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ४ हजार नाघ्यो

admin

काठमाडौं, २७ जेठ : मंगलबार ३ सय २३ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २९२ जना पुरुष र ३१ महिला रहेका छन् ।

त्यस्तै नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ भने अहिलेसम्म कोरोनाको उपचार गराएर ५८४ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रतिक्रिया