कुटाकुट हुँदा खोटाङमा एक युवाको मृ’त्यु

admin

खोटाङ, जेठ २७ : कुटाकुट हुँदा खोटाङमा एक युवाको मृ’त्यु भएको छ। झ’गडाका क्रममा कुटाकुट हुँदा खोटेहाङ गाउँपालिका–३ सावाकटहरे मझुवाका २७ वर्षीय सन्तोष राईको मृ’त्यु भएको हो। सोमबार साँझ कुटिएपछि घा’इते भएका सन्तोष सुताएकै ठाउँमा मंगलबार बिहान मृ’त फेला परेको जिल्ला प्र’हरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमोरियाले बताए।

कुटपिटपछि घा’इते भएका राईलाई घट्नामै संलग्न लालबहादुर सुनुवारको घरमा लगेर राखिएकोमा बिहान मृ’त्यु भएको स्थानीयले बताएका छन्। झ’गडामा संलग्न ६ जनालाई प्र’हरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

युवाबीचमा तीनडाँडास्थित एक स्थानीयको घरमा झ’गडा भएको थियो। उनीहरुबीचमा भएको झ’गडाको कारण खुल्न बाँकी रहेको प्र’हरीले जनाएको छ। श’व पोष्टर्माटमका लागि प्राथमिक स्वास्थ्यचौकी चिसापानीमा पुर्‍याएको छ।

प्रतिक्रिया