रुपन्देही ह’त्या प्रकरणः अभियुक्तबाट ह’त्या स्वीकार

राष्ट्रिय समाचार समिति

रुपन्देही, २७ जेठ: रुपन्देहीको तिलोत्तमा–१० मैनहवास्थित गंगादेवी पशु कृषि फार्मका सञ्चालक कृष्णबहादुर पुन हरेक बिहान ५ बजे फर्ममा आइपुग्दा मूल गेट खुला हुन्थ्यो । बत्ती बलेको हुन्थ्यो । कामदारहरु उठेर काम शुरु गरिरहेका हुन्थे तर आज बिहान फार्ममा पुग्दा त्यहाँ सुनसान थियो । गेट खुलेको थिएन न त बत्ती नै बलेको थियो ।

कृष्णबहादुरले जानकी मुसहरलाई चिच्याएर बोलाए तर उनी उठिनन् । गेटसँगै जोडिएको टहरोमा सुतिरहेका जानकीका कान्छो छोरा १० वर्षीय अर्जुन मुसहर उठे । कृष्णबहादुरले सुतिरहेका सबैलाई उठाउन बालक अर्जुनलाई अह्राए ।

गर्मीका कारण बालकका बुवाआमा पाँच जना गेटदेखि ५० मिटर पर फर्मभित्रै सुतेका थिए । बालक अर्जुनले आँखा मिच्दै फर्मभित्रै पुगेर पापा–मम्मी र अंकलहरुलाई पालैपालो बोलाए तर कोही उठेनन् । रगत लत्पतिएको देखेपछि उनले कृष्णबहादुरलाई खबर गरे ।

कृष्णबहादुर गेट नाघेर दौडिँदै आउँदा जानकी र माधव मुसहरसहित सँगै सुतेका पोषराज मुसहर, करण चौधरी र आशिष चौधरी पनि रगताम्य भएर ढलेका थिए । “भुइँ र’गताम्य थियो, सबै अचेत थिए, म आत्तिदै बाहिर आएर प्र’हरीलाई फोन गरे”, सञ्चालक पुनले भन्नुभयो ,“केही समयमै प्र’हरी आयो र उनीहरुको ह’त्या भएको भन्ने थाहा पाएँ”, सञ्चालक कृष्णबहादुरका अनुसार मा’रिएका पाँचै जना मेहेनती कामदार थिए ।

अलग्गै कोठामा सुतेका मुसहर दम्पत्तिका छोरा र बहिनी उठेर रुन थाले । रुवावासी भएपछि गाउँभरी हल्ला फैलियो । एकैछिनमा स्थानीय बासिन्दाको फार्ममा भिड लाग्यो । “हामी आउँदा पाँचै जनाको श’व एकै ठाउँमा थियो, सबैको टाउकोमा गम्भीर चो’ट लागेको थियो”, जिल्ला प्र’हरी कार्यालय रुपन्देहीका प्र’हरी निरीक्षक केशब ज्ञवालीले भन्नुभयो, “सबैलाई कोदालोले टाउकोमा प्र’हार गरेको देखियो ।”

ञ्चालक कृष्णबहादुरले फोन गरेलगत्तै इलाका प्र’हरी कार्यालय मंगलापुरको टोली घ’टनास्थलमा आएको थियो । त्यसलगत्तै इलाका प्र’हरी कार्यालय बुटवल र जिल्ला प्र’हरी कार्यालयको टोली घ’टनास्थल पुगेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो ।

जिल्ला प्र’हरी कार्यालय रुपन्देहीका प्र’हरी उपरीक्षक हेमकुमार थापाकाअनुसार फार्ममा सैनामैना मुर्गियाका ४१ वर्षीय माधव मुसहर, ३७ वर्षीया जानकी मुसहर, १४ वर्षीय पोषराज मुसहर, १७ वर्षका करण चौधरी र आशिष चौधरीको सामूहिक ह’त्या गरिएको थियो । मुसहर तीनैजना फार्मका कामदार भए पनि करण र आशिष भने कामदार होइनन् ।

प्र’हरीकाअनुसार हत्या गरिएका पाँचै जनाको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ । ह’त्या अभियोगमा घटनास्थलबाटै सुर्खेतको साविक नेटा गाविस–३ का ३२ वर्षीय झसेन्द्रबहादुर सिञ्जालीलाई प्रहरीले पक्राउ गरेको छ । उनी सोही फर्मका कामदार हुन् ।

फर्मभित्रै पराल राख्ने ठाउँमा भेटिएका उनी प’क्राउ परेपछि बेहोस भएका थिए । उनलाई उपचारका लागि तत्कालै अस्पताल लगिएको थियो । अस्पतालमा उनले आफूलाई दुःख दिएका कारण फरुवाले हानेर ह’त्या गरेको बताएका थिए ।

“ह’त्याको अभियोगमा उनलाई प’क्राउ गरेका हौँ, सोधपुछ गर्ने काम भइरहेको छ”, जिल्ला प्र’हरी कार्यालय रुपन्देहीका प्रमुख प्र’हरी उपरीक्षक थापाले भन्नुभयो, “उनी मानसिक असन्तुलनको अवस्थामा रहेकाले सबै जानकारी लिन समय लाग्ने देखिएको छ ।”

घ’टनापछि कान्छी बजार शो’कमा छ । स्थानीय त्रसित छन् । स्थानीयवासी तथा मृत’कका आफन्तले घट’नाको सत्यतथ्य छानविन गर्न माग गरेका छन् । उनीहरुले दोषीमाथि कारवाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्दै केहीवेर नारावाजी समेत गरे । मृ’तक आशिषका आफन्त सरोज चौधरी भन्नुहुन्छ, “ह’त्यामा संलग्नलाई कडा कारबाही हुनुपर्छ, आखिर उनीहरुको कसुर के थियो किन ह’त्या गरियो ? उहाँले प्रश्न गर्नुभयो” घ’टनास्थल बुटवल–भैरहवा सडक खण्डको मंगलापुर देखि नौ किलोमिटर पूर्वमा पर्छ ।

सामूहिक ह’त्याकाण्डको अनुसन्धान गर्न गठन गरिएको समितिले अनुसन्धान प्रक्रिया अघि बढाएको छ । प्रदेश प्र’हरी कार्यालयका वरिष्ठ प्र’हरी उपरीक्षक (एसएसपी) राजकुमार बैदवारको नेतृत्वमा गठन गरिएको तीन सदस्यीय समितिले घ’टनास्थल पुगेर अनुसन्धान गरेको छ ।

प्र’हरीले घटना भएको तिलोत्तमा–१० मैनहवामा रहेको गंगादेवी पशु कृषि फार्मका सञ्चालक, ह’त्या गरिएका परिवार तथा स्थानीयसँग सोधपुछ गरेको छ । वरिष्ठ प्र’हरी उपरीक्षक बैदवारले घटनाको अनुसन्धानका क्रममा प्रमाण संकलन गर्ने काम भइरहेको बताउनुभयो । “घ’टनासँग सम्बन्धित व्यक्तिसँग सोधपुछ गर्ने काम भइरहेको छ । अनुसन्धानपछि छिट्टै सार्वजनिक गर्छौ ।”

प्रतिक्रिया