धनुषामा गो’ली हानी युवकको ह’त्या

admin

धनुषा, २८ जेठ : जिल्लाको सबैलामा गएराति गो’ली प्रहारबाट एक युवकको ह’त्या भएको छ । जिल्ला प्र’हरी कार्यालय धनुषाका अनुसार गो’ली प्रहार गरी सबैला नगरपालिका–७ लवटोलीका २५ वर्षीय हारुन मण्डलको ह’त्या भएको हो ।

मण्डल श’व आज बिहान घरभन्दा करिब २०० मिटर पर भेटिएको धनुषाका प्र’हरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । प्रनाउ कार्कीका अनुसार मण्डलको छातीमा एक गोली प्र’हार भएको देखिएको छ ।

इलाका प्र’हरी कार्यालय सबैलाका प्र’हरी निरीक्षक चन्द्रभुषण यादवले घटनाको प्रकृति हेर्दा राति कसैले घरबाट बोलाएर एकान्तमा लगी गो’ली प्र’हार गरी मण्डलको ह’त्या गरेको जस्तो देखिएको बताउनुभयो ।

ह’त्या कसले र किन गरेको हो खुल्न सकेको छैन । श’वको प्रकृति मुचुल्का उठाइ श’व परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउने तयारी भएको र घटनाका विषयमा अनुसन्धान शुरु गरिएको प्र’हरीले जनाएको छ ।

प्रतिक्रिया