गणतान्त्रिक सत्ताको लिम्पियाधुरा फर्काउने साख गुमेको छ !

अस्मिता बेल्बासे
  • शेखर जंग रायमाझी
    पुनरुत्थानवादी शक्ति नेपाल (संयोजक)

काठमाडौं, गतसाता सरिता गिरी र अमृता अग्रहरीले संसदमा हिन्दीभाषामा आफ्नो मन्तव्य राखे । संसदमा हिन्दी भाषा प्रयोग गर्नु गैरकानूनी र गैरसंवैधानिक कार्य हो । नेपालको संविधान र कानुनले निषेध गरेको छ, जुन उनीहरुले नै बनाएका हुन् ।

अर्को नेपालको कुनै पनि भुगोलमा स्थानीय भाषा हिन्दी छैन । सरिता गिरी मैथली र अमृता अग्रहरी अबधि भाषि हुन् । उनीहरुले आ-आफ्नो भाषामा प्रस्तुत भएका भए बिरोध हुने थिएन तर उनिहरु मानौ हिन्दी बाहेक अरु बोल्नु अपराध हुने जस्तो भाव भङ्गिमा देखाइरहेका थिए ।

सरिता गिरी नेपाल सरकारले कालापानी लिपुलेक र लिम्पियाधुरा सहितको नक्सा भारतको सहमति नलिई निकाल्न नहुने र यो परराष्ट्र नीति प्रतिकूल भएको कुतर्क गर्दै थिइन । जस्को बिरोध हुने नै थियो व्यापक भयो । अर्को एउटा मिडियामा त उनले उक्त क्षेत्र नेपालको हो भनेर नमान्ने नै बताइन् ।

अब सरिता गिरी किन आफ्नो स्थानीय भाषा मैथली भन्दा हिन्दी भाषा लाद्न चाहन्छिन् ? मैथली भाषा उनको प्रथमिकतामा किन पर्दैन ? जबर्जस्ती हिन्दी प्रयोगले किन नेपालमा भारत बिरोधि भावना बढाउछिन् ? लिम्पियाधुरा सम्बन्धमा धेरै लामो समयदेखि बहसमा छ, किन उनी नेपालको हो भनेर मान्दिन भन्छिन् ?

जब भारतले ३७२ बर्गमिल हडपेकोजग्गा आफ्नो नक्सामा समेट्दै आफ्नो सम्प्रभुको दाबी गर्दा यिनको आवाज किन निस्केन ? भारतले अर्काको भुमिमा सहमति बेगर बाटो बनाउँदा चुइक्क नगर्नुको कारण केरुनेपालले नक्सा प्रकाशित गर्न तयार गरेका प्रमाण र दस्तावेज यतिका दिनसम्म हेर्न किन नचाहेको ?

चीनतिर ५७ नं. पिलर बाहेक विवाद छैन किन नमिचिएको जमिनलाई मिचिएको भन्दै कुप्रचार गर्दैछिन् ? सेनाको बिषयमा नभएको कुरा दावि गर्दैछिन्, नेपालको भूभाग भित्र सेना कहि पनि बस्न सक्छ, यिनलाई के को आपत्ति ? हो गणतान्त्रिक नेपालमा सरिता गिरी जस्ता अरुपनि धेरै सासंदको नन्दिभृङ्गि चर्तिकला देखाइरहेका छन् ।

यिनीहरु खासमा दास र दलाल प्रबृतिका छन् । यो दिल्लीमा भएको बाह्रबुँदे सहमतिको प्रदुषण हुन् । जो दास प्रबृतिका छन् उनीहरु सिधै आफनो प्रभुको हुकुम तामेलिमा लागि पर्छन र उनीहरुलाई लाज, सरम डर भर केहि मान्दैनन् । अर्को दलाल प्रवृतिका छन् उनीहरु आफूलाई राष्ट्रवादी व्याख्या गर्छन् र आफ्ना निजि सत्ता स्वार्थमा लम्पसारवादी निति अख्तियार गर्छन् ।

हो यतिखेर आम नेपालीको चासो र सवाल छ, खै नयाँ नक्सा ? किन संसदले अनुमोदन गर्न सक्दैन् ? अब सबै नेपालीले बुझ्नु पर्दछ कि राष्ट्रियता संकटमा छ, नेपालको राजनैतिक भुअवस्थिति, मुल्यमान्यता चरित्र, संस्कार र इतिहासको कारणले गणतन्त्रले नेपाल र नेपालीको रक्षा गर्न सक्दैन तसर्थ यो सबै नेपालीले राष्ट्रिय झण्डा बोक्ने समय हो ।

प्रतिक्रिया