सरिता गिरीको घरमा युवाहरुले राखे कालो झण्डा

admin

काठमाडौं, २८ जेठ : समाजवादी पार्टीकी सांसद सरिता गिरीको विशालनगरस्थित घरमा बुधबार साँझ युवाहरुको एक समूहले कालोझण्डा राखेको छ । उनको घरमा राखेको कालोझण्डा प्र’हरी पुगेर हटाएको छ ।

उनकोमा कालोझण्डा राख्ने समूहको पहिचान नभएको महानगरीय प्र’हरी परिसर काठमाडौंले जानकारी दिएको छ । यो घटनाले गिरीमाथि सुरक्षा खतरा बढेको प्र’हरीले निश्कर्ष निकालेको छ ।

काठमाडौंका प्र’हरी प्रमुख श्याम ज्ञवालीले कालोझण्डा राखेको सूचना अएपछि प्र’हरी टोली पुगेको र यस विषयमा अनुसन्धान भइरहेको जानकारी दिए । सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गरेपछि निशान छापमा पनि सो अद्यावधिक नक्शा राख्नका लागि सरकारले संविधान संशोधन विधेयक प्रतिनिधिसभामा दर्ता गरेको छ ।

तर सांसद सरिता गिरीले स्रोत र प्रमाण नपुगेको भन्दै संशोधन प्रस्ताव खारेज गर्न अर्को संशोधन प्रस्ताव दर्ता गराएकी छन् । यस विषयलाई लिएर सामाजिक सञ्जालमा आलोचना भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको युवा संगठनले सांसद गिरीलाई कारबाही गर्न माग गरेको छ । गिरीकै पार्टी समाजवादी पार्टीले पनि उनलाई सो प्रस्ताव फिर्ता लिन आग्रह गरेको छ र फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया