कारागारमा एक वृद्धको मृ’त्यु

राष्ट्रिय समाचार समिति

झिमरुक, २९ जेठ: जिल्ला कारागार प्युठानमा बन्दी रहेका एक वृद्धको मृ’त्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा थुनामा रहनुभएका ७२ वर्षीय खगिराम राम्जालीको प्युठान अस्पताल बिजुवारमा उपचारका क्रममा गए राति मु’त्यु भएको जिल्ला प्र’हरी कार्यालयका सूचना अधिकारी प्र’हरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताउनुभयो ।

फाइल तस्बिर

खानापछि एक्कासि मुटु दुखेपछि राम्जालीलाई उपचारार्थ प्युठान अस्पताल बिजुवारमा पु¥याइएको थियो । स्वर्गद्वारी नगरपालिका वडा नं ३ स्थायी घर भएका राम्झाली कर्तव्य ज्यान मुद्दामा २०७२ साउन १७ कारागार चलान हुनुभएको थियो ।

उहाँलाई १५ वर्षको सजाय सुनाइएको थियो । राम्झालीको श’व परीक्षणपछि परिवारको जिम्मा लगाइने सूचना अधिकारी पौडेलले बताउनुभयो ।

प्रतिक्रिया