ट्र्याक्टरले च्याप्दा एक जनाको मृ’त्यु

राष्ट्रिय समाचार समिति

दमौली, २९ जेठ : तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटमा बुधबार राति ट्र्याक्टरले च्याप्दा एक जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा सोही ठाउँ बस्ने २२ वर्षीय पञ्चराज गुरुङ रहेको जिल्ला प्र’हरी कार्यालय तनहुँले जनाएको छ ।

बालुवा, ढुङ्गा लोड गर्ने क्रममा अनटेष्ट ट्र्याक्टर पल्टिँदा ट्र्याक्टरले च्याप्दा सोही ट्र्याक्टरमा काम गर्ने गुरुङको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्र’हरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

यसैगरी बुधबार राति नै पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनीमा बा१९च ४८०४ नंको स्कोरपियोको ठक्करबाट आठ वर्षीय बालक घा’इते भएका छन् । घा’इते हुनेमा आठ वर्षीय रोशन सुनार रहेका छन् । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको प्र’हरीले जनाएको छ ।

प्रतिक्रिया