परीक्षणका लागि पठाएको स्वाब नै हराएपछि, श’वको दाहसंस्कार रोकियो

admin

अर्घाखाँची, २९ जेठ : परीक्षणका लागि पठाइएको स्वाब हराएपछि मृ’तकको श’व चौरमा राखिएको छ ।

मालारानी गाउँपालिकाको क्वरेन्टीनमा बसेर उपचारकोलागि बुटबल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका व्यक्तिको परीक्षणका लागि पठाइएको स्वाब हराएको बताइएको छ ।

मालारानी गाउँपालिका वडा नम्बर ४ व्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा रहेको क्वरेन्टीनमा बसेका ५७ वर्षीय पुरुषको जेठ २३ गते स्वाब संकलन गरी कोरोना जाँच गर्न प्रादेशिक जन स्वास्थ्य प्रयोगशाला भैरहवामा पठाइएको थियो ।

ती पुरुष १४ दिन देखि क्वरेन्टीनमा रहँदै आएका थिए । उनलाई घाँटीको शल्यक्रिया गरेपछि श्वास प्रश्वासमा समस्या आएकाले उपचारको लागि मंगलबार जिल्ला अस्पताल सन्धिखर्कमा लगिएको थियो ।

उनलाई सन्धिखर्कमा सामान्य उपचारपछि थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटबल पुर्‍याइएको थियो । लुम्बिनी प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि उनलाई घर फर्काउँदै गर्दा बाटो मै मृत्यु भएको थियो ।

श’व व्यवस्थापनका लागि स्वाबको रिपोर्ट छिटो पठाउन ताकेता गर्दा प्रादेशिक अस्पताल भैरहवामा मृ’तक व्यक्तिको नामको स्वाब हराएको खुल्न आएको मृ’तकका आफन्तले बताएका छन् । 

जिल्ला स्वास्थ्य कार्यलयले पठाएको स्वाब प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा नभेटिएपछि पुनः मृ’तकको स्वाब निकालेर परीक्षणका लागि पठाइएको छ । रिपोर्ट नआउँदासम्मका लागि श’वको दाहसंस्कार रोकिएको छ ।

प्रतिक्रिया