काेराेनाका कारण थप १ जनाको मृ’त्यु

admin

अर्घाखाँची : अर्घाखाँचीको मालारानी ४ सार्वजनिक आधारभूत विद्यालयको क्‍वारेन्टाइनमा बसेका ५७ वर्षका खनाल थरका एक जनाको मृ’त्यु भएको छ। उनको पिसिआर रिपोर्ट पोजेटिभ आएक‍ो छ। योसँगै अर्घाखाँचीमा कोरोना सक्रमणबाट मृ’त्यु हुनेको संख्या २ पुगेक‍ो जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ अधिकृत पुष्पा थापामगरले बताइन्। जिल्लामा अहिलेसम्म कोरोना सकमितको संख्या ३७ पुगेको छ।

बुधबार बिहान उपचार गरेर फर्किने क्रममा उनको मृ’त्यु भएको थियो। बुटवलबाट उपचार गरेर फर्कंदै गर्दा बाटोमै मृ’त्यु भएपछि सवलाई मालारानी लगिएको छ। जेठ २३ गते स्वाब झिकेर जेठ २४ गते परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रय‍ोगशाला भैरहवामा पठाइएको स्वाब ल्याबबाटै हराएपछि उनको रिपोर्ट आउन ढिला भएको थियो।

प्रयोगशालामा स्वाबको नमुना हराएपपछि फेरि बिहीबार बिहान उनको शरीरबाट स्वाब निकाली भैरहवा प्रयोगशालामा पठाइएको थियो। शवलाई मालारानी ४ खनकै रातुका चौरको प्रतीक्षालयमा राखिएको छ। शव कुरेर मृतकका आफन्त र स्थानीय बसेका छन्। भारतबाट आएका उनी १४ दिनदेखि क्‍वारेन्टाइनमा बस्दै आएका थिए।

घाटीको शल्यक्रियासमेत गरेका उनलाई स्वास प्रश्वासमा समस्या आएपछि उपचारका लागि मंगलबार जिल्ला अस्पताल सन्धिखर्कमा लगिएको थियो। सन्धिखर्कमा सामान्य उपचारपछि उनलाई थप उपचारको लागि बुटबल रिफर गरिएको थियो। बुटवलमा सामान्य उपचारपछि ज्वरो आएको र र घरमा गएर आराम गराउन अस्पतालले सल्लाह दिएपछि घर फर्कंदै गरेका उनी गोरुसिंगे सन्धिखर्क सडकको कोन्द्रे खोलामा बुधबार बिहान १० बजे निधन भएका थिए।

मृतकको पिसिआर रिपोर्ट पोजेटिभ आएपछि शवलाई कसरी व्यवस्थापन गर्ने विषयमा छलफल भइरहेको छ। मृत्यु भएको ३२ घण्टापछि रिपोर्ट आएको हो। प्रदेश ५ मा तीन वटा मात्र प्रयोगशाला भएकाले कोरोनाको चाप बढ्न थालेपछि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा स्वाबको चाङ लागे छ।

जसका कारण बुधबार अर्घाखाँचीका २ सय ९ जनाको स्वाब भरतपुर पठाइएको थियो। सक्रमितको संख्या बढ्दै जाने र अर्कोतर्फ नेपालभर २० वटा कोरोना प्रयोगशालाबाट स्वाबको परीक्षण धान्न नसकेपछि बिरामीको स्वाब हराउने र रिपोर्ट आउन ढिला हुने भइरहेको छ।

प्रतिक्रिया