स्वाब ‘हराएर’ अन्तिम संस्कार रोकिएका पुरुषमा कोरोना संक्रमण पुष्टि

admin

अर्घाखाँची: बुधबार बिहान मृ’त्यु भएका मालारानी–४ खनका ५९ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । १५ दिनअघि भारतबाट आएपछि खनस्थित सार्वजनिक आधारभूतमा क्‍वारेन्टाइन बसेका बेला मंगलबार विहान ज्वरो, खाना मिठो नभएपछि अर्घाखाँची अस्पतालमा ल्याइएको थियो ।

रातुकाचौरको प्रतीक्षालयमा राखिएको अर्घाखाँचीका ५७ वर्षीय पुरुषको शव थप उपचारको लागि प्रादेशिक अस्पताल बुटवल पठाएको थियो । मंगलबार साँझ भर्ना भएका उनलाई बुधबार बिहान बुटवलले निको भएको भन्दै डिस्चार्ज गरेको थियो । त्यसपछि घर आउँदै गर्दा शीतगंगाको जंगलमा बाटोमै मृत्यु भएको थियो ।

प्रादेशिक प्रयोगशाला भैरहवामा परीक्षणका लागि पठाइएको उनको स्वाब गायब भएपछि दाहसंस्कार रोकिएको थियो । बुधबार साँझ उनको पुन: स्वाब संकलन गरिएको थियो ।

उनलाई कोरोना पोजिटिभ रिपोर्ट आएको स्वास्थ्य प्रमुख पुष्पा थापाले पुष्टि गरिन् । उनका आफन्तले शवलाई खनको चौरमा लगेर राखेका छन् । कोरोना संक्रमितको कार्यविधिअनुसार शव व्यवस्थापनाका लागि तयारी हुँदैछ । ‘गाउँमै खाडल खनिएको छ, शव त्यही व्यवस्थापन हुन्छ,’ प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले भने ।

उनीसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या अर्घाखाँचीमा दुई पुगेको छ । भारतबाट स्वदेशतर्फ आउँदै गर्दा भूमिकास्थान नगरपालिकाका एक युवकको बाटोमै मृत्यु भएको थियो । उनको रिपोर्ट पनि पोजिटिभ आएको थियो ।

प्रतिक्रिया