सरकारविरोधी प्रदर्शनको आह्वान गर्नेलाई पक्राउ गर्ने गृह मन्त्रालयको चेतावनी

admin

काठमाडौँ, २९ जेठ : गृह मन्त्रालयले लकडाउनकै बीचमा सामाजिक सञ्जालबाट सर्वसाधारणलाई जम्मा हुन आह्वान गर्ने र जुलुस प्रदर्शन गर्ने लगायतका कामबाट बन्दाबन्दीको आदेशको अवहेलना भएको भन्दै गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।आज एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले त्यस्ता गतिविधिप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको हो ।

 

विज्ञप्तिमा बन्दाबन्दीको आदेशको अवहेलना गर्ने वा काममा वाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० को दफा ३ को सजाय अन्तर्गत सम्बन्धित प्रमुख जिल्ला अधिकारीले रु १०० देखि रु ६०० सम्म जरिवाना र १ महिनादेखि ६ महिनासम्म थुनामा राख्नेगरी कार्वाही गर्न सक्ने चेतावनी समेत दिइएको छ ।

प्रतिक्रिया