एम्बुलेन्स दु’र्घटना, एकै परिवारका तीनजना घा’इते

admin

बैतडी, जेठ ३० : जयपृथ्वी राजमार्गको खोडपे–बझाङ सडकखण्डको विन्द्रावनमा बिहीबार राति एम्बुलेन्स दुर्घटना हुँदा तीनजना घा’इते भएका छन्। घा’इते हुनेहरुमा पुर्चौडी नगरपालिका–५ का ५५ वर्षीय दिलबहादुर कुँवर, उनकी ४५ वर्षीया श्रीमती बेलमती र २० वर्षीय छोरा रोहित रहेका छन्।

घा’इतेमध्ये दिलबहादुर र बेलमतीको अवस्था ग’म्भीर रहेको जिल्ला प्र’हरी कार्यालय बैतडीका प्र’हरी प्रमुख प्र’हरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। उनीहरु सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।

धनगढीदेखि पुर्चौडी नगरपालिका जाँदै गरेको म १ झ ११३ नम्बरको एम्बुलेन्स राति ९ बजे सिगास गाउँपालिका–१ विन्द्रावनमा दु’र्घटनामा परेको हो।

एम्बुलेन्स सडकबाट २०० मिटर तल खसेको छ। दु’र्घटनाको कारण खुल्न सकेको छैन। एम्बुलेन्समा चालकसहित चारजना सवार रहेका प्र’हरीले जनाएको छ। पुर्चौडी नगरपालिका–७ का चालक उत्तर विष्ट फरार छन्। दु’र्घटनामा परेको एम्बुलेन्स पुर्चौडी नगरपालिकाको रहेको जिल्ला प्र’हरी कार्यालय बैतडीले जनाएको छ।

प्रतिक्रिया