ड्युटीमा खटिएका सैनिकले आफैमाथि हाने गो’ली

admin

काठमाडौं, ३० जेठ : स्वयम्भूको छाउनीस्थित वीरेन्द्र सेनिक अस्पतालमा एक जना सैनिकले गो’ली हानी आ’त्महत्या गरेका छन्। बिहीवार राति ड्युटीमा खटिएका डम्बरबहादुर विष्टले आफैंले बोकेको ब’न्दुक प्र’हर गरी आ’त्महत्या गरेका हुन्। बैतडीको सुर्मा गाउँपालिका ५ घर भएका विष्टको दुर्गाबक्स गण नारायणहिटीमा दरबन्दी थियो।

‘राति ड्युटीमा नै रहेको समयमा गो’ली हानी आ’त्महत्या गरेका रहेछन्,’ नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भने। उनी अस्पतालमा नेपाली सेनाको थ्रड ग्रेड तालिम गरिरहेका थिए। अस्पतालको जेनेरेटर रहेको पोष्टमा ड्युटीमा रहेको समयमा १२ बजेतिर गोली ‘प्रहार गरी उनले आ’त्महत्या गरेका पाण्डेले जानकारी दिए।

जेठ ११ गते स्वयम्भू प्र’हरी विटमा कार्यरत प्र’हरी सहायक निरीक्षक (असई) विष्णु कार्कीले पनि आफैंले बोकेको पे’स्तोलले टाँउकोमा प्रहार गरेर आ’त्महत्या गरेका थिए। लकडाउनदेखि जेठको दोस्रो सातमा सम्म देशभर १ हजार १ सय ५ जनाले आ’त्महत्या गरेको नेपाल प्र’हरीको तथ्याङ्कले देखाउँछ।

जसमध्ये ६ जनाले विभिन्न हा’तहतियार प्रयोग गरेर आ’त्महत्या गरेका छन्। अधिकांशले झु’न्डिएर आ’त्महत्या गरेको देखिन्छ। यो अवधि ९ सय ३८ जनाले झु’न्डिएर आ’त्महत्या गरेका छन्। काठमाडौं उपत्यकाभित्रमात्रै पनि यस अवधिमा ६९ जनाले आ’त्महत्या गरेका छन्।

प्रतिक्रिया