गाईघाट, ३० जेठ : उदयपुरको उदयपुरगढी गाउँपालिका–६ बाघखोरमा बिहीबार साँझ ट्र्याक्टर दु’र्घटना हुँदा नौ वर्षीया बालिकाको घ’टनास्थलमै मृ’त्यु भएको छ ।
जिल्ला प्र’हरी कार्यलयका अनुसार मृ’त्यु हुनेमा उदयपुरगढी गाउँपालिकाकै स्थानीय बालिका बिविशा पाण्डे रहेकी छिन् भने अर्का स्थानीय ४० वर्षीया शर्मिला तामाङ घा’इते भएको प्र’हरीले बताएको छ ।
जिल्लाको सदरमुकाम गाईघाट बजारमा दैनिक उपभोग्य वस्तु बोकेर उदयपुरगढीतर्फ जाँदै गरेको स१त ५१०७ नंको ट्र्याक्टर साँझ ७ बजे उदयपुरगढीको बाघखोर भन्ने सडकखण्डमा अनियन्त्रित भई सडकबाट तल खसेको उदयपुरका प्र’हरी प्रमुख वीरबहादुर बुढाले बताउनुभयो ।
प्र’हरीले घटनास्थल पुगेर ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ भने बालिकाको श’व परीक्षणका लागि जिल्ला अस्पताल उदयपुर ल्याएको र घा’इते तामाङको उपचार जिल्ला अस्पतालमा भइरहेको प्र’हरीले जनाएको छ ।