पाँच थान भरुवा ब’न्दुकसहित छ प’क्राउ

राष्ट्रिय समाचार समिति

गलकोट, ३० जेठ : जिल्ला प्र’हरी कार्यालय बागलुङले पाँच थान भरुवा ब’न्दुकसहित छ जनालाई प’क्राउ गरेको छ । अवैध हा’तहरियार लुकाइराखेको सूचनाका आधारमा खानतलासी गर्दा प्र’हरीले ताराखोला गाउँपालिका–१ दरौंदीका ४९ वर्षीय चित्रराज कँडेल, ३६ वर्षीय थमबहादुर घर्ती, ३७ वर्षीय होमबहादुर रोका र २९ वर्षीय खिमानन्द कँडेलको साथबाट चार थान भरुवा ब’न्दुक फेला पारेको जिल्ला प्र’हरी कार्यालयले बिहीबार जारी प्रेस विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।

त्यसैगरी ४२ वर्षीय टङ्कबहादुर रोकाको साथबाट सोही ठाउँका बमबहादुर घर्तीको एक थान भरुवा ब’न्दुक फेला परेकाले उनीहरु दुवैलाई प’क्राउ गरेको जिल्ला प्र’हरी कार्यालय बागलुङका सूचना अधिकारी प्र’हरी निरीक्षक हेमबहादुर केसीले जानकारी दिनुभयो ।

प्र’हरीले स्थानीयको रोहवरमा उनीहरुको घर खानतलासी गरेको थियो । प’क्राउ परेका छ जनाविरुद्ध हा’तहतियार तथा खरखजाना मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया