पुलबाट ट्रक खस्दा चालकको मृ’त्यु

राष्ट्रिय समाचार समिति

चितवन, ३० जेठ: नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तीन नम्बर पुलबाट आज बिहान ट्रक खस्दा चालकको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नं १६ का ३२ वर्षीय विजय रुम्बा रहेका छन् ।

जिल्ला प्र’हरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुर अस्पतालमा उपचारका क्रममा रुम्बाको मृ’त्यु भएको हो ।

मुग्लिनबाट भरतपुरतर्फ आउँदै गरेको ना८ख ५२०० नंको ट्रक अनियन्त्रित भई खोल्सामा खसेको हो । इच्छाकामना गाउँपालिका वडा नं ५ स्थित सो पुलबाट करिब ५० मिटर तल ट्रक खसेको थियो । ट्रकमा सिमेन्ट घोल्ने मिक्सचर जडान गरिएको छ । घटना बिहान ६ः३५ बजे भएको हो

प्रतिक्रिया