बेलुकीपख अधिकांश स्थानमा वर्षा हुन सक्ने

admin

काठमाडौं, ३० जेठ : शुक्रबार बिहान देशका धेरै ठाउँको मौसम बदली भएको छ । दिउँसोपछि धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।

मौसमविद् गंगा नगरकोटीका अनुसार प्रि मनसुन कायमै रहेको र स्थानीय वायुसँगै बंगालको खाडीमा न्यूनचापीय रेखा विकसित भएकाले धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने र बेलुकीपख प्रदेश १, २, वाग्मती प्रदेश र गण्डकी प्रदेशसँगै प्रदेश ५ मा वर्षाको सम्भावना रहेको छ ।

नेपालमा मनसुनी गतिविधि भने अझै सक्रिय भइनसकेको उनले बताइन् । नेपालमा जुन १० तारिखमा मनसुन प्रवेश गर्नुपर्ने भए पनि यसपाला ढिलो भएको हो । दुई वर्षअघि जुन १० तारख अगावै भित्रिएको मनसुन पोहोर भने ढिलो गरी भित्रिएको थियो ।

प्रतिक्रिया