कोरोनामा राजनीतिको प्रवेशले व्यवस्थापन गर्न कठिन भयो : स्वास्थ्य मन्त्री

admin

काठमाडौं, ३० जेठ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोनामा राजनीति प्रवेश भएको बताएका छन् ।

मन्त्रालयमा कान्ति बाल अस्पतालको ई-टिकेटिङ एप्स सार्वजनिक गर्दै मन्त्री ढकालले राजनीति सवार कोरोनालाई व्यवस्थापन गर्न कठिन भएको बताए । जनशक्ति व्यवस्थापनमा पनि यसले सहज गर्ने उल्लेख गर्दै मन्त्री ढकालले परिचयका आधारमा द्रुत सेवा प्राप्त हुन्छ भन्ने धारणा हराउँदै जाने बताए ।

मन्त्री ढकालले ई-टिकेटिङ प्रविधि सुरु भएसँगै समयको बचत हुनुका साथै आर्थिक अनियमितताको सम्भावना नहुने बताए । पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै पछिल्लो समय सरकारविरुद्ध भइरहेका प्रदर्शनहरुलाई लक्षित गर्दै मन्त्री ढकालले कोरोनामा राजनीति मिसिने खतराहरु बढेको बताए ।

उनले भने, सुरुमा रागबाट मात्रै आक्रान्त थियौँ हामी । पछिल्लो दिनमा राजनीति पनि मिसियो । खतराहरु बढ्दै गएको हुनाले अब राजनीतिक कोरोनासँग लड्नका लागि विश्वको भन्दा फरक मोडालिटीमा प्रवेश गर्न लागेका छौँ ।

मन्त्री ढकालले विश्वका अन्य कुनै पनि देशमा राजनीतिक नेतृत्व र सरकारको आलोचनाभन्दा पनि कोरोनाविरुद्ध कसरी लड्न सकिन्छ भन्ने हिसाबले काम भए पनि नेपालमा त्यसो हुन नसकेको बताए । पछिल्लो १/२ दिनको घटना हेर्दा कोरोनामा राजनीति प्रवेश गरेको उनले बताए ।

प्रतिक्रिया