बालुवाटारको आन्दोलन कतै राजावादी त हैन ?

admin

काठमाडौं, ३० जेठ : प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अगाडी विगत केही दिनदेखि सरकारविरुद्ध आन्दोलन भइरहेको छ ।

आन्दोलनमा उपस्थित जनसंख्या हेर्ने हो भने राष्ट्रियस्तरको राजनीतिक दल वा ठूलै शक्तिको नेतृत्वमा भएजस्तो देखिन्छ । तर, शक्ति कुन हो, अहिलेसम्म स्पष्ट छैन ।

यो आन्दोलन के उद्देश्यले, कसको नेतृत्वमा भएको हो भन्ने टुंगो छैन । कुनै पार्टीको समर्थन छैन्, कुनै नेताको समर्थन छैन, आखिर कस्को उक्साहटमा उनीहरुले आन्दोलन गरिरहेका छन् त्यो राज्यले खोजीनीति गर्न पर्दैन ?

न त सरकारका निकायले के का लागि आन्दोलन भएको हो भन्ने निक्यौल गर्न सकेका छन्, न त आन्दोलनकारीले नै आन्दोलनको नेतृत्वकर्ता यो हो भनेका छन् । कुनै पार्टी वा शक्तिले आधिकारिक निर्णय र पूर्वतयारी गरेर मात्रै यती ठूलो आन्दोलन गर्न सक्छन् ।

आधिकारिक धारणा र उद्देश्यबिना आन्दोलन हुँदैन । तर, त्यो आन्दोलनमा त्यस्तो देखिदैन । कि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले हाम्रो समर्थनमा आन्दोलन भइरहेको छ भन्नुपथ्यो । कि प्रतिपक्षी मधेस केन्द्रीत दल वा राजावादी दल राप्रपाले हामीले समर्थन गरेर आन्दोलन भइरहेको छ भन्नुपथ्यो ।

अहिलेसम्म कसैले हाम्रो समर्थनमा बालुवाटारमा आन्दोलन भइरहेको छ भनेका छैनन् । सत्तारुढ दल नेकपाले पनि हाम्रो आन्दोलन हो, सरकारविरुद्ध भनेको छैन । राजनीतिक दलले नेतृत्व लिएर आन्दोलन गरेका होइनन भने अब आन्दोलनको नेतृत्वकर्ता को हो र के उद्देश्य लिएर आन्दोलन गरिरहेको छ, त्यो स्पष्ट हुनु पर्दैन ।

यदी राजनीतिक दलले आन्दोलन गरेका होइनन भने अन्य कुनै शक्ति त यो आन्दोलनको पछाडी होला । आन्दोलनकारी छिमेकी मुलुक भारत पक्षका हुन कि, युरोपियन युनियनका हुन कि, चीनका हुन वा अन्य कुनै संस्थासँग आवद्ध छन्, त्यो पनि खुलेको छैन ।

फेरी आन्दोलनकारीका माग पनि हेर्दा जाहेजै देखिन्छन् । तर, मुख्य मागमा आन्दोलनकारी मौन छन् । आन्दोलनकारीले राज्यले विश्वव्यापी कोरोना भाइरस (कोभिड-१९) को महामारीमा सरकारले खर्च गरेको जानकारी गराएको १० अर्ब कहाँ खर्च भयो पारदर्शी रुपमा हिसावकिताव चाहिन्छ भनेर माग गरिरहेका छन् ।

दु्र्त गतिमा बढिरहेको कोरोना संक्रमणलाई न्यून गर्न पीसीआर परीक्षण बढाउन, विश्व स्वास्थ्य संगठनले प्रमाणित नगरेको आरडीटी परीक्षण बन्द गर्न र अहिलेसम्म बाहिर आएका सरकारका अनियमितता प्रकरणको छानबिन गरी कानुनी कारबाहीको दायरामा ल्याउन माग गरिरहेका छन् ।

तर, अनावश्यक काममा लागिरहने तर, मुख्य काम गर्न चासो नदिने सरकार र सरकारका नेतृत्वकर्ता प्रधानमन्त्रीको राजीनामा भने आन्दोलनकारीले मागेका छैनन् । यसले पनि उद्देश्य के हो, त्यो अली प्रष्ट भएजस्तो देखिन्न ।

महामारीको बेला आन्दोलन गर्ने, आन्दोलनका एजेण्डा स्पष्ट नहुने र नेतृत्व कसले गरेको हो भन्ने पनि नदेखिनुले कतै अदृष्य शक्तिको उक्साहटमा मुलुकलाई तहसनहस पर्ने खेल त भइरहेको छैन भन्ने आशंका पनि उब्जिन थालेका छन् ।

प्रतिक्रिया