सांसद गिरीको घरमा कालो झण्डा गाड्ने हेमराज थापा पक्राउ

admin

काठमाडौं, ३० जेठ : समाजवादी पार्टीकी सांसद सरिता गिरीको घरमा कालो झण्डा गाड्ने हेमराज थापा पक्राउ परेका छन् ।

युवाहरुद्वारा बसन्तपुरमा  भइरहेको शान्तिपूर्ण आन्दोलमा एक्यबद्धता जनाउन गएका थापालाई प्रहरीले अकस्मात् पक्राउ गरेको हो ।

मंगलबार सांसद गिरीको घरमा कालो झण्डा गाड्ने क्रममा केही क्षति पुर्‍याएको आरोपमा प्रहरीले थापालाई शुक्रबार बिहान पक्राउ गरेको हो ।

उक्त घटनाको भिडियो बनाई युट्युबमा अपलोड गरेको र सो विषयमा सोधपुच्छ गर्ने क्रममा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

सासंद गिरीले लिम्पियाधुरा र कालापानी समेट्न स्रोत र प्रमाण नखुलेको भन्दै नयाँ नक्सा समेट्न सरकारले ल्याएको संशोधनमाथि संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । त्यसकै विरोधमा थापासहित केही अभियान्ताहरु गिरीको घरमा कालो झण्डा गाड्न पुगेका थिए ।

थापा विगत केही दिन देखि स्वतन्त्र राष्ट्रिय अभियान, परिवर्तनका लागि हाम्रो आवज लगायत अन्य दर्जनौ अभियानसँग एक्यबद्धता जनाउँदै, एमसीसी र नेपालको कालापानी लिम्पुलेक फिर्ता गर भन्दै आन्दोलमा उत्रिएका थिए ।

प्रतिक्रिया