सर्लाहीमा भारतीय नागरिक र प्रहरीबीच झडप, एकको मृत्यु पाँच घाइते

admin

सर्लाही, ३० जेठ : नेपाल-भारत सीमा क्षेत्रमा भारतीय नागरिकले प्रहरीको बन्दुक खोसेपछि सर्लाहीमा झडप भएको छ ।

झडपमा परी एक जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीले चलाएको गो’ली लागेर एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेको परिचय नखुलेको बताइएको छ ।

झडपमा परी भारतीय पक्षका दुई जना र सशस्त्र प्रहरीका तीन जना घाइते भएको बताइएको छ । प्रहरीको ह’तियार खोस्ने भारत सितामढी, लालबन्दीका ४५ वर्षीय लगन रामलाई पक्राउ गरिसकिएको बताइएको छ ।

एक सय जना भारतीयको टोली आएर विवाद गरेपछि झडप भएको हो । स्थितिलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले १० रा’उण्ड हवाई फायर गरेको थियो ।

प्रतिक्रिया