आज मात्रै ४४८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५०६२ पुग्यो

admin

काठमाडौं, ३० जेठ : शुक्रबार बितेको २४ घण्टामा २४ महिलासहित ४४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ५ हजार ६२ पुगेको छ । जसमा पुरुष ४ हजार ७०९ र महिला ३५३ रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । यतिधेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको यो पहिलो पटक हो ।

प्रतिक्रिया