नवजात शिशुको ह’त्या गरी फरार महिला सात वर्षपछि प’क्राउ

राष्ट्रिय समाचार समिति

पर्वत, ३० जेठ : कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा नवजात शिशुको ह’त्या गरी फरार एक महिला सात वर्षपछि प’क्राउ परेकी छिन् । साविक आर्थर डाँडाखर्क वडा नं ७ स्थित यमबहादुर नेपालीकी श्रीमती ४७ वर्षीया अमृता भन्ने तारा नेपाली प’क्राउ परेकी हुन् ।

नेपालीले अवैध गर्भ बोकी २०७० साल फागुन १२ गते नवजात शिशु स्थानीय अँधेरी नेटामा जन्माई कर्तव्य गरी मा’री फरार भएको प्र’हरीले जनाएको छ ।

जिल्ला प्र’हरी कार्यालयबाट प्र’हरी निरीक्षक बुद्धिप्रसाद सुवेदीको कमाण्डमा विशेष टोली खटिई गई वडा प्र’हरी कार्यालय बगर कास्कीको सहयोगमा खोजतलास गर्दै जाने क्रममा कास्कीको माछापुच्छ्रे« गाउँपालिका–३ घाचोकस्थित यामबहादुर नेपालीको घरमा लुकीछिपी बसेको अवस्थामा प’क्राउ परेकी हुन् ।

उनलाई प्र’हरीले बिहीबार साँझ ८ः०० बजेको समयमा प’क्राउ गरिएको प्र’हरीले जनाएको छ । अभियुक्त नेपालीलाई कर्तव्य ज्यान (नवजात शिशुको ह’त्या) शीर्षकमा अनुसन्धानका लागि आज जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्र’हरी नायब उपरीक्षक विश्वराज अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया