माइतीघर भइरहेको प्रदर्शनमा सहभागी ४ जना विदेशी पक्राउ

admin

काठमाडौं, ३१ जेठ : माइतीघरमा भइरहेको सरकारविरोधी प्रदर्शनमा सहभागी भएका ४ जना विदेशी पक्राउ परेका छन् । 

प्रदर्शनमा पुगेका अमेरिकी, चिनियाँ, फ्रेन्च र अष्ट्रेलियन नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सरकारले आन्दोलन नगर्न र आन्दोलन गरेमा संक्रामक रोग ऐन अनुसार कारबाही गर्ने चेतावनी दिए पनि युवाहरुले आन्दोलन जारी राखेका थिए ।

हाल उनीहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । पक्राउ परेका उनीहरुलाई सोधपुछ हुने काम भइरहेको प्रहरीले जनाएको छ ।

विदेशी नागरिक नेपालको आन्तरिक विषयमा हुने कुनै पनि आन्दोलन तथा प्रदर्शनमा सहभागी हुन नपाउने नेपालको संविधानमा उल्लेख छ । विगत एक हप्तादेखि एमसीसी र रुकुम ह’त्या’का’ण्ड बारे माइतीघर मण्डलामा आन्दोलन हुँदै आइरहेको छ ।

आन्दोलन भइरहेको क्षेत्रबाट पक्राउ परेपनि उनीहरु आन्दोलनमा सहभागि हुन गएका थिए वा आफ्नै काम विशेषले गएका थिए यकिन भइसकेको छैन ।

सरकारले कोरोना नियन्त्रणमा ध्यान नदिएको, भ्रष्टाचार मौलाएको लगायतका आरोप लगाउँदै केही दिनयता युवाहरुले देशव्यापी आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया