क्वारेन्टिन मै सामूहिक ब’लात्कार, पैसा नदिए भिडियो भाइरल गर्ने ध’म्की

admin

कैलाली , १ असार : क्वारेन्टिनमा बसेकी एक महिलामाथि सामूहिक ब’लात्कार भएको छ ।

लम्कीचुहा नगरपालिका वडा नम्वर १ स्थित शहीद स्मृति माविको क्वारेन्टिनमा रहेकी ३१ वर्षीया महिलाले शनिबार मध्यरातमा समूहिक ब’लात्कार भएको भन्दै न्याय मागेकी छिन् ।

पी’डित महिला १२ दिनअघि भारतको बैंङ्ग्लोरबाट आएकी हुन् । उनीसँगै कोठामा बसेकाहरु परीक्षण गरेर घर गइसकेका थिए । कोठामा एक्लै भएपछि आफूले एक्लै डर लाग्ने बताएको र अर्को कोठामा जान अनुमति दिइएको बताइन् ।

उनले कोठाको ढोकामा चुकुल नभएको र ढोकामा बेञ्च राखेर भित्र सुत्न सल्लाह दिएपछि आफूले त्यसै गरेको बताएकी छिन् । ‘सञ्चो थिएन, टाउको दुखिरहेको थियो । पछाडि झ्यालमा स्वयंसेवक आएर ढोका खोल्नुस् भन्यो’ उनले भनिन् ।

मध्यरातमा आएका स्वयं सेवकले ढोका खोल्न भन्दा आफूले नमानेको उनले सुनाइन् । कहिले झ्याल त कहिले ढोकामा आएपछि आफूले पनि गाली गर्नुका साथै पुलिस बोलाउन चेतावनी दिँदा पनि उनी नमानेको पीडितले बताइन् ।

ढोका खोलेर के गर्न खोजेको भनेर प्रश्न गरेको उनले भनिन्, ‘उ पछाडिपछाडि सर्दै गयो र अर्को कोठाको ढोका नजिक गइसकेपछि मलाई भित्र पछ्यार्‍यो र ढोका खोलेर मलाई ज’बरजस्ती गर्‍यो ।’ अर्का स्वयंसेवक आएर भिडियो खिचेको उनले सुनाइन् । त्यही बेला एक स्वास्थ्यकर्मी आएपछि आफूले गुहार मागेको भन्दै उनले भनिन्, ‘अब मलाई सहयोग गर्छ भनेर दाइ बचाउनुस् भनेँ । तर उसले पनि त्यस्तै व्यवहार गर्‍यो ममाथि ।’

उनले आफू स्वास्थ्य परीक्षणका लागि तयार रहेको भन्दै उनले भनिन्, ‘ म बालबच्चाकी आमा हुँ । नभएको आरोप लगाएर कसैको बेइज्जत गर्नुपर्ने केही कारण छैन ।’ भिडियो खिच्ने युवकले आफूसँग पैसा मागेको र नदिए भिडियो भाइरल गर्ने ध’म्की दिएको पी’डित युवतीले बताएकी छिन् ।

उक्त घ’टना लुकाउन खोजिएको भन्दै स्थानीयबासीले आइतबार वडा नम्बर १ को कार्यालयसमेत तो’डफोड गरेका छन् । स्थानीयको वि’रोधपछि प्र’हरीले तीन जनालाई प’क्राउ गरेको छ ।

जिल्ला प्र’हरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्ट भनेका छन्, ‘जाहेरी परेको छैन, तर हामी अ’नुसन्धान गर्दैछौं ।’

प्रतिक्रिया