रसाइलीको ह’त्या आरोपमा चार प’क्राउ

राष्ट्रिय समाचार समिति

चिप्लेढुङ्गा, १ असार :आइतबार मृतावस्थामा फेला परेका २० वर्षीय अमित रसाइलीको ह’त्या आरोपमा प्र’हरीले चार जनालाई प’क्राउ गरेको छ । कास्की प्र’हरीले आज गरेको पत्रकार सम्मेलनमा प्र’हरी प्रमुख दानबहादुर कार्कीले घटनाको प्रारम्भिक अनुसन्धानबाट अमितकै साथीबाटै उनको ह’त्या भएको जानकारी दिनुभयो । प’क्राउ पर्नेमा सुनम गुरुङ, शंकर सुनार, मनीष श्रेष्ठ र कृष्ण सुनार छन् ।

प्र’हरी उपरीक्षक कार्कीका अनुसार गत जेठ ३१ गते पोखरा –२९ पट्नेरीका युवाले नयाँ बाइक किनेको खुशीयालीमा खानपिनमा रमाउँदै गर्दा म’दिराले लट्ठ परेका रसाइलीमाथि साथीहरुले नै हेल्मेट र ढुङ्गा प्र’हार गरेपछि मृ’त्यु भएको थियो । त्यसपछि श’व लुकाउने क्रममा उनलाई तिनले नजीकै सेती नदीमा बगाइदिएका थिए ।

जेठ ३२ गते बिहान साढे ३ बजे प्र’हरी कन्ट्रोल रुममा तीनै साथीमध्येका एकले रसाइली हराएको भन्दै प्र’हरीलाई खबर गरेका थिए । कास्की प्र’हरीको टोलीले खोजतलास गर्नेक्रममा आइतबार बिहान ७ बजे पोखरा –३२ रातोपैरास्थित सेती खोंचमा श’व फेला पारेको थियो ।

अभियुक्तलाई म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइने प्रउ कार्कीले जानकारी दिनुभयो । लकडाउन अवधिमै आफ्नै साथीबाट ह’त्या भएको यो घ’टना पोखरामा तेस्रो हो । यसअघि पोखरा –१४ र २७ मा व्यक्तिगत रिसइबी र विवादकै कारण यस्तै प्रकृतिको घ’टना भएको थियो

प्रतिक्रिया