सांसद चौधरीद्वारा भारतलाई चेतावनी, सुतेको बाघलाई घरिघरि नजिस्क्याउ-(भिडियोसहित)

अस्मिता बेल्बासे

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृ तथा प्रतिनिधिसभाको सांसद गंगा चौधरी (सत्गौवा)ले छिमेकी मुलुक भारतले नेपालको ७१ स्थानमा सीमा अतिक्रमण गरी नेपालीको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनतालगायतका कुराहरुमा पटक पटक धावा बोलेको भन्दै आक्रोस व्यक्त गरेकी छिन् ।

पिएनपि मिडियामा अन्तरवार्ता दिँदै सांसद चौधरीले भारतभन्दा नेपाल भौगोलिक हिसाबले सानो रहेता पनि राष्ट्रिय स्वाधिनता, अखण्डतामा समान भएको उल्लेख गर्दै भारतको नेपाल छोटे भाई नभई समान हैसियतको छिमेकी भएको बताइन् ।

सीमा अतिक्रमण गरी भारतले लामो समयदेखी थिचोमिचो गरिरहेको उल्लेख गर्दै सांसद चौधरीले नेपाल आफ्नो राष्ट्रिय अखण्डता, स्वाधिनता तथा स्वतन्त्रतामा कुनै हस्तक्षेप नगर्नु चेतावनी दिदैं उनले भनिन्, ‘नेपाल सुतेको बाघ हो, भारतले सुतेको बाघलाई घरी घरी नजिस्क्याओस् । सुतेको बाघ उठ्यो भने त्यसको परिणाम उसैले थाहा पाउँछ ।’

सीमा रक्षाको निम्ती कुनै पनि मूल्य चुकाउन तयार रहेको उल्लेख गर्दै उनले नेपालको भूमि बचाउन एक थोपा रग रहुन्जेसम्म भारतसँग लडिरहने समेत बताइन् । सीमा रक्षाको निम्ती रगत बगाउनुपरे पनि तयार रहेको चेतावनी दिँदै सांसद चौधरीले तराई क्षेत्रमा बसोवार गर्ने थारु तथा अन्य मधेरी मुलका नेपालीले सीमा रक्षाको निम्ती महत्वपूर्ण योगदान रहेको उल्लेख गरिन् ।

अंगिकृत नागरिकले नेपालको कुनै पनि नेतृत्वमा आउन नपाउने पर्ने प्रावधान राख्नुपर्ने तर्फ इङ्गित गर्दै उनले अंगृकृत नागरिकले नेपालको राष्ट्रिय अखण्डता, स्वाधिनता, सार्वभौमसत्तालगायतका कुराहरुमा धावा वोल्न थालेको प्रति चिन्ता व्यक्त गरिन् ।

वर्तमान संविधान अनुसार अंगिकृत नागरिकले समेत राज्यको महत्वपूर्ण स्थानहरुमा पुग्न सफल भएको उल्लेख गर्दै नेपाली नागरिकले तिरेको करबाट प्राप्त सेवा सुविधा लिएर नेपाल विरुद्ध नै गतिविधि गर्ने अधिकार कसैलाई नभएको बताइन् ।

जनता समाजवादी पार्टी (जसपा)को तर्फबाट समानुपातीक सांसद सरिता गिरी प्रति लक्षीत गर्दै उनले नेपालको माना खाएर भारतको गाना गाउनेलाई तत्काल कारवाही गर्नुपर्ने समेत बताइन् ।

नेपालको संविधान अनुसार केन्द्रीय संसदमा नेपाली नै बोल्नु तथा लेख्नु पर्ने उल्लेख गर्दै उनले हिन्दी भाषामा संसदमा अभिव्यक्ति दिनु नेपालमाथि ठूलो अपमान भएको बताइन् ।

विभिन्न जातजाती अनुसारको भाषा प्रयोग गर्न सकिने तर विदेशी भाषा प्रयोग गर्न नपाउने प्रावधान रहेता पनि केही सांसदहरुले नेपालको संविधानलाई नै धज्जी उडाइरहेको समेत बताइन् ।

बाकीँ भिडियोमा हेर्नुस् ।

प्रतिक्रिया