फरार चौकीदार पक्राउ

admin

लमजुङ, ४ असार : बेँसीशहर नगरपालिका-८ स्थित जिल्ला का’रागारबाट बुधबार फरार भएका चौकीदार लोकबहादुर भनिने २७ वर्षीय दिनेश परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले बिहीबार बिहान बेँसीशहर-२ स्थित मस्र्याङ्दी नदी किनारमा लुकेर बसेको अवस्थामा परियारलाई फेला पारी पक्राउ गरेको प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताए ।

उनलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान भइरहेको उनको भनाइ छ । परियार राइनास नगरपालिका-१० कोकेगाउँ घर भई विसं २०६९ पुस २२ गतेदेखि हालसम्म कर्तव्य ज्यान मुद्दामा का’रागार सजाय भोग्दै आएका छन् ।

लमजुङ जिल्ला अदालतले परियारलाई २० वर्षको सजाय तोकेको थियो । लमजुङको एक मात्र जिल्ला का’रागारमा २५ जनाको क्षमता रहे पनि हाल ७३ कै’दीबन्दी छन् । तीमध्ये ६६ पुरुष र सात महिला छन् ।

प्रतिक्रिया