सोती घ’टनामा प’क्राउ परेका सबै प्रतिवादीको सकियो बयान

राष्ट्रिय समाचार समिति

रुकुमपश्चिम, ४ असार : रुकुम(पश्चिम)को चौरजहारी नगरपालिका–८ सोती घ’टनामा संलग्न रहेको आरोपमा प’क्राउ परी मुद्दा लागेका सबै प्रतिवादीको बयान सकिएको छ । मुद्दा दर्ता भएको चार दिनपछि आज प’क्राउ परेका सबै २९ प्रतिवादीको रुकुम अदालतमा बयान सकिएको हो । पहिलो दिन सोमबार दुई नाबालक, दोस्रो दिन मंगलबार नौ, तेस्रो दिन बुधबार १० र चौथो दिन आज आठ प्रतिवादीको बयान लिइएको रुकुम अदालतका स्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिनुभयो ।

बयान सकिएपछि अब थुनछेक बहस शुरु हुने छ । अभियोग लागेका प्रतिवादीले आफ्नो बयान राखिसकेकाले शुक्रबारदेखि अदालतमा छुनछेक बहस शुरु हुने स्रेष्तेदार बोहराको भनाइ छ । जाजरकोटका पाँच र रुकुम(पश्चिम)का एक गरी ६ युवाको ज्यान जाने गरी गत जेठ १० गते भएको घटनामा संलग्न रहेको आरोपसहित जिल्ला सरकारी वकिल कार्यालयले प’क्राउ परेका २९ जना र फरार रहेका पाँच जनासमेत गरी ३४ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो ।

सोती गाउँका ३३ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत कसूरमा तथा जाजरकोटका एक जनाविरुद्ध मतियार कसूरमा मुद्दा लागेको छ । घ’टनामा संलग्न भएको आरोपमा मुद्दा लागेका दुई नाबालकलाई भने अदालतले सोमबार मुद्दा पुर्पक्षका लागि बालगृहमा पठाउन आदेश दिएको थियो । उक्त आदेशानुसार प्र’हरीले केटालाई नेपालगञ्ज र केटीलाई भक्तपुरको बालसुधारगृहमा पठाएको छ ।

यसैबीच फरार प्रतिवादीका हकमा भने अब अदालतले भनेअनुसार हुने जिल्ला प्र’हरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिनुभयो । मुद्दा अदालतमा गइसकेकाले अदालतले प’क्राउको चिठ्ठी पठाएपछि फरार प्रतिवादीलाई प’क्राउ गरिने उहाँको भनाइ छ । प्रतिवादी तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन र भीमवहादुर बुढा फरार छन् ।

प्रतिक्रिया