लागुऔषधसहित पाँच जना प’क्राउ

राष्ट्रिय समाचार समिति

चितवन, ७ असार : जिल्ला प्र’हरी कार्यालयले ला’गुऔषधसहित पाँच जनालाई प’क्राउ गरेको छ । प’क्राउपर्नेमा भरतपुर महानगरपालिका वडा नं २२ का २६ वर्षीय आशिष थापा, २२ वर्षीया कञ्चन उपरकोटी, भरतपुर महानगरपालिका वडा नं ३ का २२ वर्षीय अविनाश बोटे, वडा नं ४ का २१ वर्षीय भुदत्त परियार र गंैडाकोट नगरपालिका वडा नं १६ की १९ वर्षीया बविता महतो रहेको कार्यालयका प्रहरी निरीक्षक सुवास भट्टले जानकारी दिनुभयो ।

उनीहरुलाई शुक्रबार भरतपुर महानगरपालिका वडा नं २ विक्रममार्गबाट प’क्राउ गरिएको हो । उनीहरुको साथबाट फेनारगन २५५ एम्पुल, मफिन २५५ एम्पुल, डाइजेपाम २५५ एम्पुल बरामद गरिएको उहाँले जानकारी दिनुभयो ।

प’क्राउ परेका सबैलाई आज जिल्ला अदालतमा ला’गुऔषध ओसारपसार मुद्दा दर्ता गरिएको उहाँले बताउनुभयो । उनीहरुलाई ला’गुऔषध नियन्त्रण ऐन २०३३ अनुसार मुद्दा दर्ता गरिएको हो ।

प्रतिक्रिया