बालिका बेच्ने दुई जना प’क्राउ

राष्ट्रिय समाचार समिति

काठमाडौँ, ७ असार : एक बालिकालाई लोभ देखाएर भारतमा बिक्री गरेको आरोपमा दुई जनालाई प्र’हरीले प’क्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोले ललितपुर महानगरपालिका–५ लगनखेलबाट १३ वर्षीया बालिकालाई उद्धार गरी उनीहरुलाई प’क्राउ गर्न सफल भएको जनाएको छ ।

फाइल फोटो

प’क्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे घोडाथली घर भई हाल सुनसरी बस्ने कृष्ण मगर र सिन्धुपाल्चोक घर भई हाल पोखरा लेकसाइड बस्ने प्रविन तामाङ रहेको ब्युरोद्वारा आज जारी विज्ञप्तिमा जनाएको छ ।

काममा लगाइदिन्छु भनी प्रलोभनमा पारेर भारतमा बिक्री गरेको भन्ने सूचनाका आधारमा खोजतलास तथा उद्धार गर्ने क्रममा भारतको रसलपुरबाट जेठ ३० गते भारतीय प्र’हरीको सहयोगमा बालिकाको उद्धार गरिएरेको थियो ।

उनीहरुले बालिकालाई गत फागुन ११ गते काठमाडौँबाट सुनौली हुँदै भारतको उत्तर प्रदेश राज्यको पिप्रा रसलपुर पु¥याएका थिए । उनीहरुविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान भइरहेको ब्युरोका प्रवक्ता प्र’हरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो ।

प्रतिक्रिया