बालकुमारीमा तीन गाडी ठोक्किए, दुई जना घा’इते

admin

काठमाडौँ, ७ असार : बालकुमारीमा आइतबार राति तीन वटा गाडी एकआपसमा ठोक्किएका छन्। दु’र्घटनामा दुई जना घा’इते भएका छन्।

आइतबार राति पौने आठ बजे कोटश्वरबाट ग्वार्कोतर्फ आउँदै गरेको बा१२च २८२५ नम्बरको भ्यान र ग्वार्कोबाट कोटेश्वरतर्फ जाँदै गरेको बा५च ९१६१ नम्बरको कार जुधेका थिए। उक्त कारको पछिपछि जाँदै गरेको बा७च ८२२७ नम्बरको अर्को कारले पछाडिबाट ठ’क्कर दिएको प्र’हरीले जनाएको छ।

बा७च ८२२७ नम्बर कारका चालक र भ्यानमा रहेका एक जना घा’इते भएका छन्। उनीहरू दुवैलाई बिएण्डबी अस्पताल लगिएको सातदोबाटो प्र’हरी वृत्तका सई भोलासिंह अधिकारीले जानकारी दिए।

घाइ’तेहरू बारे पूर्ण जानकारी नआइसकेको पनि उनले बताए। घ’टनाबारे थप अनुसन्धान भइरहेको प्र’हरीले जनाएको छ।

प्रतिक्रिया