काठमाडौं, ८ असार : आइतबार प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको सुनको मुल्य सोमबार एकै दिन ४ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार छापावाला सुन प्रतितोला ९१ हजार कारोबार भइरहेको महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य ९० हजार ५ सय ६५ रुपैयामा कारोबार भइरहेको छ।
त्यसैगरी, चाँदी आइतबारको तुलनामा १० रुपैयाले बढेर प्रतितोला ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।