काठमाडौं, ९ असार : सोमबार अहिलेसम्मै महंगो भएको सुनको मूल्य मंगलबार भने तोलामा ४ सय रुपैयाँ घटेको छ ।
मंगलबार सुन तोलाको ९० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको मूल्य तोलामा ९१ हजार रुपैयाँ पुगेको थियो ।
आइतबार पनि सुन तोलाको ९० हजार ६ सयमा कारोबार भएको थियो । मंगलबार चाँदी तोलाको १० रुपैयाँ घटेर ९ सय ४० रुपैयाँ कायम भएको छ । चाँदी सोमबार तोलाको ९ सय ५० रुपयाँ थियो ।
यस्तै, आम्दानी घटेकाले पनि सुन किन्नेभन्दा बेच्न खोज्नेहरु बढेका व्यवसायीको भनाई छ । महासंघका अनुसार कोरोना संक्रमणको जोखिमपछि लकडाउन र मूल्य बढेका कारण सुनचाँदीको कारोबार लगभग ठप्प जस्तै छ ।