आज सुनको मूल्य तोलामा ५ सयले बढ्यो

admin

काठमाडौं, १० असार : बुधबार सुनको मूल्यले फेरी नयाँ रेकर्ड बनाएको छ । छापावाला सुन तोलाको ९१ हजार १ सय रुपैयाँमा किनबेच भइ सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।

मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको हो । मंगलबार छापावाला सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो ।

यसअघि सोमबार ९१ हजार रुपैयाँमा किनबेच भइ सुनको मूल्यले रेकर्ड बनाएको थियो । बुधबार तेजावी सुन प्रतितोला ९० हजार ६ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाले बढेर प्रतितोला ९ सय ४५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया