नेविसंघले जलायो त्रिविका उपकुलपतिको कुर्सी

admin

काठमाडौं, १० असार : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयका भिसी प्रा.डा. धर्मकान्त बाँस्कोटाको कुर्सी जलाएको छ । बुधबार दिउँसो नेविसंघका नेता तथा कार्यकर्ताहरु भिसीको कार्यालय पुगेर उनको कुर्सी बाहिर ल्याएर जलाएका थिए ।

यता, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन अनेरास्ववियुका अध्यक्ष ऐन महरले नेविसंघले भिसी बाँस्कोटामाथि हातपात र दुव्र्यवहार गरेको उल्लेख गर्दै नेविसंघले कस्तो लोकतन्त्र, शिक्षा पद्धती र संस्कार चाहेको हो ? भन्दै प्रश्न गरेका छन् ।

संयोजक महरले ट्वीट मार्फत नेविसंघले उपकुलपति माथि दूर्व्यवहार गरेको भन्दै कस्तो लोकतन्त्र र संस्कार चाहेको भन्ने प्रश्न गरेका छन् ।

संयोजक महरले लेखेका छन्, आज नेबि संघले त्रिभुवन बिश्वबिद्धालय को उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटामाथी हातपात र दुर्व्यवहार गर्दै उहाँको कुर्सी भिसी कार्यालय अगाडी को बाटोमा ल्याएर जलाएको छ र कार्यालयमा ताला लगाएको छ। मेरो प्रश्न : नेबिसंघले कस्तो लोकतन्त्र ,शिक्षा पद्धती र संस्कार चाहेको हो ?

प्रतिक्रिया