स्रोताको माया पाउँदा भाग्यमानी ठानेकी छु;प्रविशा अधिकारी 

पिएनपि खबर

१० असार,काठमाडौं ।

विश्व यतिबेला कोरोनाको त्रासले व्याप्त छ । नेपालमा पनि महामारी फैलिएको छ । 

नेपालको संगीत क्षेत्र पनि कोरोना अर्थात कोभिड १९ ले प्रत्यक्ष असर पारेको छ । नेपाल लकडाउन खुकुलो भएसंगै नेपाली गीतहरू सार्वजनिक भएका छन । यस्तै गायिका प्रविशा अधिकारीको ‘अर्को जन्म’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । 

”लकडाउन खुकुलो भएसंगै गीत तयार गरेर सार्वजनिक गरेका हौं । यस अगाडि राष्ट्रिय गित र कोरोना सचेतनाका गीतलाई भने हामीले घर नजिकै आफ्नो अनकुल भिडियो बनाएका थियौं तर अहिले भने सानो टिम बनाएर भिडियो बनाएका छौ ।” गायिका अधिकारीले बताईन। 

भिडियो आफैंमा अभिनय गर्नुभएको छ ? के नायिका बन्ने रहर पलाएको हो ?

जवाफमा प्रविशा भन्छिन् ; नायिका बन्ने भन्दा पनि मलाई अनुभव बटुल्न मन लागेकाले भिडियोमा अभिनय गरेकि हुँ । मान्छे धेरै रहर हुन्छन् कति पूरा हुन्छन् कति हुदैनन । मेरो अलिअलि कतै मनमा अभिनयको पनि रहर त छ तर मैले म्युजिकमा करिअर बनाईसकेको छैन । अहिले नै अभिनयमा प्रवेश गर्न त सक्दिन । उत्तम दाईले पनि सामान्य तरिकाले प्रस्तुत गर्नुभयो त्यसकारण पनि यो भिडियोमा देख्न पाउनुभएको हो ।

 

प्रविशाले लकडाउन अवधिमा सकेसम्म धेरै स्रोताको माझमा पुग्ने प्रयास गरिन । जसको लागि उनले सकेसम्म धेरै फेसबुक पेजबाट लाईभ आईन । उनी भन्छिन लकडाउनको समयमा धेरै स्रोताको प्रतिक्रिया पाए । मेरो थोरै स्रोता हुनुहुन्छ तर उहाँहरूले मेरो कामलाई साह्रै माया गर्नुहुन्छ । धेरै स्रोता भन्नुहुन्छ तपाईंको स्वर राम्रो छ भन्नुहुन्छ ।  उहाँहरूसंग प्रत्यक्ष फेसबुक लाईभबाट होस् या कमेन्टबाट उहाँसंग प्रतिक्रिया लिन पाए स्रोताको माया पाउँदा भाग्यमानी महसुस गरेकि छु । 

 

प्रविशाको लकडाउन अवधिमा समेसम्म आफुलाई व्यस्त राख्ने प्रयास गरिन् । उनले आफुलाई संगीत गर्न,गीतको शब्द लेख्न समेत समेतमा व्यस्त राखिन् । 

 

प्रविशाको नयाँ वर्षको अवसरमा थुप्रै कार्यक्रमहरू थिए । तर कोरोना कहरका कारण भएएन् । प्रविशा भन्छिन,म्युजिकमा लागेको लामो समय भयो । रेकर्डिङमा नै बढि व्यस्त भए यो पटकबाट स्टेजमा पनि व्यस्त हुने योजना थियो । तर सम्भव भएन ।

लकडाउन अघिको समयमा रेकर्डिङमा पनि धेरै नै व्यस्त भईन्थ्यो कहिलेकाहीँ त बिहानबाट बेलुकिसम्म पानी खाने फुर्सद हुदैनथ्यो तर पनि आनन्दको निन्र्दा लाग्थ्यो । अहिले ती दिन धेरै सम्झिएको छु । 

 

हालको सार्वजनिक उनको गीत ‘अर्को जन्म’मा प्रविशा अधिकारीको स्वर र अभिनय रहेको छ । कमला गजमेरको शब्द एंव उत्तम राईको संगित रहेको छ । 

प्रविण भट्टको निर्देशन रहेको गीतमा अनिल के मानन्धरको छाँयाकन र दिनसन शाहको सम्पादन रहेको छ ।

प्रतिक्रिया