अविरल वर्षाका कारण तानसेनमा घर भत्कियो

admin

पाल्पा, ११ असार : तानसेन नगरपालिका-७, लामीडाँडामा वर्षाका कारण घर भत्किएको छ ।

अविरल वर्षाको कारण लामीडाँडाका खुमबहादुर खत्रीको दुईतले कच्ची घर गए राति भत्किएको प्रहरी नायब निरीक्षक एकबहादुर नेपालीले बताए । प्रनानि नेपालीका अनुसार घर भत्किँदा कुनै मानवीय क्षति भने भएको छैन ।

प्रतिक्रिया